कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई १ लाख राहत

सफल खबर संवाददाता

सोमबार, २० बैशाख २०७८, १२ : ०२
कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई १ लाख राहत

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना भाइरसबाट  संक्रमण भई मृत्यु भएका परिवारलाई एक लाख रकम राहत स्वरुप दिने भएको छ ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले  कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई जनही एक लाख रकम दिने निर्णय गरेको हो ।  

बैठकका निर्णय सार्वजनिक गर्दै सोमबार कर्णाली प्रदेशका प्रवक्ता विमला केसीले संक्रमणबाट मृत्यु भएका परिवारलाई सामाजिक विकास मन्त्रालयको समन्वयमा आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाएर प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत रकम उपलव्ध गराउने निर्णय गरिएको बताइन् ।

यस्तै, विषयगत मन्त्रालयहरूबाट समर्पण भएको एवम आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध बजेटबाट कोषमा ५० करोड बजेट  जम्मा गरिने पनि केसीले बताइन् ।  

प्रतिक्रिया दिनुहोस