धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका –१ का ३८ वर्षीय पुरुष र लम्किचुहा –१० की ३५ वर्षीया महिला छन् ।
ती पुरुषको आज बिहान साढे १ बजे र महिलाको बिहान साढे ४ बजेको समयमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।
त्यस्तै धनगढी उपमहानगरपालिका –२ का ४३ वर्षीय सङ्क्रमित पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा अज बिहान ५ बजेका समयमा मृत्यु भएको जोशीले जानकारी दिनुभयो । सेतीमै उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका– ७ का ६२ वर्षीय पुरुषको पनि मृत्यु भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० बैशाख २०७८, १० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम बढ्दै
थप ६ जनामा कोरोना संक्रमण
थप २१ जनामा कोरोना संक्रमण पुष्टि
थप १७ जनामा कोरोना संक्रमण
थप ५१ जनामा कोरोना संक्रमण पुष्टि
थप ५७ जनामा कोरोना संक्रमण पुष्टि