आजको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

सोमबार, २० बैशाख २०७८, ०९ : २४
आजको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार देशभरको मौसमआंशिकदेखि सामान्य बदली हुने जनाएको छ । पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भू–भाग नजिक विकशित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जल वाष्प युक्त हावाको प्रभावका कारण मौसम बदली भएको हो ।

अहिले प्रदेश १, प्रदेश २ तथा पहाडी भू–भागका केही स्थानहरुमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिक बदली रहेको छ ।  दिउँसो देशका पहाडी भू–भागका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ ।

देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीसहित हल्क देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । यस्तै राति देशका पहाडी भू–भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ। केही स्थानमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस