भरतपुरका यी क्षेत्रमा हुँदैछ आज विद्युत् कटौती

सफल खबर संवाददाता

आइतबार, १९ बैशाख २०७८, १० : ०१
भरतपुरका यी क्षेत्रमा हुँदैछ आज विद्युत् कटौती

चितवन । चितवनको भरतपुर बजार क्षेत्रको विभिन्न ठाउँमा आज पाँच घन्टा विद्युत् कटौती हुने भएको छ । 

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जारी गरेको सूचनामा भरतपुर टर्मिनल बसपार्कदेखि गोन्द्राङसम्म र त्यस आसपासका क्षेत्रमा विद्युत् कटौती हुनेछ । छ लेन सडक विस्तारको क्रममा विद्युत कटौती गर्न लागिएको भरतपुर विद्युत् प्राधिकरणले जनाएको छ ।

भरतपुर २ फिडर र औधोगिक १ फिडर र आसपासका क्षेत्रमा पनि आज विद्युत अवरुद्ध हुनेछ । बिहान ९ बजेदेखि २ बजेसम्म विद्युत् कटौती हुने बताइएको छ । 

हेर्नुहोस् सूचना 

प्रतिक्रिया दिनुहोस