ब्राजिलमा कोरोना आतंक : ४ लाखभन्दा बढी मृत्यु

एजेन्सी

शुक्रबार, १७ बैशाख २०७८, १४ : ५८
ब्राजिलमा कोरोना आतंक : ४ लाखभन्दा बढी मृत्यु

ब्राजिल । ब्राजिलमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या अब ४ लाखभन्दा बढी भइसकेको छ । अमेरिकापछि ब्राजिलमा अहिलेसम्म कोरोनाका कारण सबैभन्दा बढीले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घन्टामा ब्राजिलमा कोरोनाका कारण ३ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् ।

त्यहाँ कोरोनाभाइरस संक्रमण पिकमा हुँदा चार हजारभन्दा बढीले दैनिक ज्यान गुमाउने गरेका थिए ।

ब्राजिलले पनि कोरोनाविरुद्धको भ्याक्सिन लगाउन सुरु गरेको छ । तर, यो निकै सुस्त भएको जनाइएको छ । पछिल्लो समय पनि ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले कोरोना कुनै खतरा नभएको बताउँदै आएका छन् । त्यसैले ब्राजिलमा उनको आलोचना व्यापक हुन थालेको छ ।

 

प्रतिक्रिया दिनुहोस