काठमाडौं । यहाँ बालविवाह गरेका आरोपमा १४ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । वनगाड कुपिण्डे नगरपालिका निवासी किशोरलाई प्रहरीले आज पक्राउ गरेको हो ।
यही वैशाख १३ गते राति खान खाएर सुतिसकेका अवस्थामा स्थानीय किशोरले आफ्नी छोरी भगाएर लगेको थाहा पाएपछि बालिकाका बुवाले फिर्ता ल्याएर जाहेरी दिएपछि किशोर र उनका बाबुलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु दुवैले स्थानीय विद्यालयमा कक्षा ६ मा पढ्दापढ्दै माया बसेपछि भागी विवाह गरेको किशोरले प्रहरीसमक्ष बयान दिएको प्रहरीको भनाइ छ । बालविवाहसँंगै करणीसमेत भएको भनेर जाहेरी आएकाले सोहीअनुसार कानूनी कारवाही अगाडि बढाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिनुभयो ।
प्रहरीले सल्यान अस्पतालमा बालिकाको स्वास्थ्य परीक्षण गराएको छ । यसैबीच विवाहमा संलग्न भएका आरोपमा किशोरका बाबुलाई पक्राउ गरिए पनि संलग्नता नदेखिएकाले प्रक्रिया पु¥याएर छाड्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १६ बैशाख २०७८, २१ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
खैरो हेरोइनसहित युवक पक्राउ