लुम्बिनीका सांसद हटाउनु फर्जी काम भयो: राजेन्द्र महतो

सफल खबर संवाददाता

विहीबार, १६ बैशाख २०७८, १९ : ३६
लुम्बिनीका सांसद हटाउनु फर्जी काम भयो: राजेन्द्र महतो

काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टीको निर्णय नभईकन लुम्बिनी प्रदेशका आफ्ना सांसद हटाएर फर्जी काम भएको बताएका छन् ।

नेता महतोले सांसद पदमुक्त गर्ने निर्णय फर्जी भएको भन्दै स्वीकार नगर्ने बताए । ‘यो फर्जी कसले गर्‍यो ? पार्टीको त बैठक नै बसेको छैन । दुनियाँलाई थाहा छ नि’, महतोले भने ।