चितवनमा भोलिदेखि हुने निषेधाज्ञामा केके चल्न पाउँछन् ? (सुचीसहित)

सफल खबर संवाददाता

बुधबार, १५ बैशाख २०७८, १५ : ५३
चितवनमा भोलिदेखि हुने निषेधाज्ञामा केके चल्न पाउँछन् ? (सुचीसहित)

चितवन । चितवनमा भोलि (बिहीबार) राति १२ बजेबाट निषेधाज्ञा हुने भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि चितवनमा निषेधाज्ञा गर्ने निर्णय गरिएको छ ।

बुधबार बसेको जिल्ला संकट ब्यवस्थापन सेन्टर चितवनको बैठकले बैैशाख १६ गते रातिदेखि १५ दिनसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो । निषेधाज्ञामा अति आवश्यक कामवाहेक कोही घरबाहिर ननिस्कने तथा जथाभावी हिँडडुल नगर्ने, सबै प्रकारका सभा सम्मेलन तथा गोष्ठी, तालिम, सेमिनार जात्रा, महोत्सव सञ्चालन, सिनेमा हल पाटी प्यालेस, दोहोरी रेष्ट्ररेन्ट, फनपार्क, फुटसल, पुस्तकालय, संग्रहालय, फिटनेस सेन्टर, जिमखाना, हेल्थ क्लव, स्पा, ब्युटिपार्लर, सैलुन, टेलरिङ, स्विमिङ पुल, फुटपाथ पसल, शैक्षिक गतिविधिमा रोक लगाएको हो । 

यसैगरी  पाटी प्यालेसमा संस्कारजन्य कार्यक्रमहरु गर्न १५ जना भन्दा बढीको संख्या भेला हुन नपाइने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

यस्तै लामो तथा छोटो दुरीका सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने, धार्मिक स्थलमा जमघट गर्न नपाइने, अति आवश्यक वस्तु वा सेवा आपुर्ति वाहेक अन्य पसल सञ्चालन गर्न नपाइने सुचनामा उल्लेख छ । 

यस्तै निषेधाज्ञा अवधीभर स्वास्थ शान्ति सुरक्षा विद्युत्, दुरसञ्चार, इन्टरनेटसेवा, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास तथा पेट्रोलियम पदार्थ, तरकारी, फलफूल, दुग्ध पदार्थ, एम्बुलेन्स, शववहान, स्वास्थ्य सामग्री ढुवानी गर्ने सवारी साधन, बैंकको एटिएम, कृर्षि उपज तथा औजार ढुवानी र अनुमति प्राप्त सवारी साधनहरु सञ्चालन हुनेछन् । 

प्रतिक्रिया दिनुहोस