चितवनमा कोरोना संक्रमणको दर तिव्र, भोलि रातिदेखि ३१ गतेसम्म निषेधाज्ञा

सफल खबर संवाददाता

बुधबार, १५ बैशाख २०७८, १४ : ४६
चितवनमा कोरोना संक्रमणको दर तिव्र, भोलि रातिदेखि  ३१ गतेसम्म निषेधाज्ञा

चितवन । भोलि राति १२ बजेबाट चितवनमा लकडाउन हुने भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि चितवनमा निषेधाज्ञा गर्ने निर्णय गरिएको छ ।

बुधबार बसेको जिल्ला संकट ब्यवस्थापन सेन्टर चितवनको बैठकले बैैशाख १६ गते राती देखि १५ दिनसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो । भोली राती १२ बजेदेखि ३१ गते राती १२ बजेसम्मका लागि यो निर्णय लागु हुने जिल्ला प्रशासन कार्यालय चितवनका सुचना अधिकारी सञ्जय पौडेलले बताए ।

चितवनमा कोरोना कोभिड  संक्रमितको संख्या ५ सय नाघेपछि निषेधाज्ञा गर्ने निर्णय गरिएको जिल्ला संकट ब्यवस्थापन सेन्टर  चितवनका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस