काठमाडौंमा आज रातिदेखि निषेधाज्ञा, पत्रकारलाई मिडिया हाउसकै परिचयपत्रले आवतजावत गर्न दिइने

सफल खबर संवाददाता

बुधबार, १५ बैशाख २०७८, १२ : ३४
काठमाडौंमा आज रातिदेखि निषेधाज्ञा, पत्रकारलाई मिडिया हाउसकै परिचयपत्रले आवतजावत गर्न दिइने

फाइल फोटो

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबार राति १२ बजे देखी निषेधाज्ञा लगाइने भएको छ । लागू निषेधाज्ञामा सञ्चार प्रतिष्ठानबाट जारी परिचयपत्रका आधारमा समेत सञ्चारकर्मी र कर्मचारीलाई आवतजावत गर्न दिइने भएको छ ।

काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर, भीडभाड नहुने गरी समाचार संकलन गर्न समेत पत्रकारहरूलाई आग्रह गरेको छ । सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकार एवं कर्मचारीलाई सम्बन्धित सञ्चारगृहको परिचयपत्रका आधारमा आवागमन गर्न पाउने व्यवस्था मिलाइएको काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले जानकारी दिए ।

यसअघि सूचना विभागद्वारा जारी गरिएको प्रेस पास अनिवार्य भनिएकोमा अब सञ्चारगृहकै परिचयपत्रका आधारमा सञ्चारकर्मीले समाचार संकलन र कार्यालय आवतजावत गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस