नवलपरासी । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नक्कली एमाले भएको बताएका छन् । सक्कली एमाले आफूहरु रहेको दाबी गर्दै नेता नेपालले ओलीले कम्युनिष्ट आन्दोलन समाप्त पार्न लागेको आरोप लगाए ।
पूर्वी नवलपरासीको कावासोतीमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै नेता नेपालले भने,ओली कम्युनिष्ट आन्दोलन ध्वस्त पारेर कमिशनखोरी र भ्रष्टाचारीको संरक्षण गर्न रमाएका छन् ।
कार्यकर्ताको भावना बुझ्न नसकेर जे मन लाग्यो त्यही गरेर ओलीले कम्युनिष्ट आन्दोलन समाप्त पारेको उनको दाबी छ । आफूहरुलाई पार्टी फुटाउन खोजेको आरोप लगाएर ओलीले इमान्दार कार्यकर्ताको भावना विपरित आफूलाई सत्ताको केन्द्रमा राखेर रमाएको आरोप पनि लगाए । कोरोनाले जनताको अवस्था नाजुक बनाएको टुटुटुलु हेरेर ओली विदेशी शक्तीलाई खुसी पारेर सत्ता टिकाउन लागि परेको नेता नेपालले आरोप लगाए ।
नेता नेपाल नेपाली कांग्रेसका सांसद विनोद चौधरीको दुम्कौलीस्थित निवासमा सोमबार आइपुगेका हुन् । नेपालले सोमबार नै दुम्कौलीमा रहेको विनोद चौधरीले निर्माण गरेको शाश्वतधाम अवलोकन गरेका थिए । चौधरीसँगै सीजी निवासमा रात बिताएका नेता नेपालले मंगलबार बिहान हर्कपुरमा रहेको उन्नती कल्चरल भिलेज भ्रमण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ बैशाख २०७८, १८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक