धनकुटा । खसी चोरेर बेच्न लैजादै गरेको अवस्थामा धनकुटाको भेडेटारबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको पाख्रीवास नगरपालिका–२ सान्नेका २३ बर्षीय संजिव तामाङ र १९ बर्षीय सुमन तामाङ छन् ।
सान्नेका मानबहादुर पौडेलका चार वटा खसी चेरेर बिक्री गर्न तराईतर्फ लैजादै गरेको अवस्थामा भेडेटारबाट उनीहरुलाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख गोविन्द अधिकारीले जानकारी दिए । ‘खसी चोरी भएको खबर आएपछि हामीले सम्भावित क्षेत्रमा निगरानी बढाएका थियौं,’ एसपी अधिकारीले भने, ‘हिलेबाट ट्रकमा हालेर लैजादै गरेको अवस्थामा भेडेटारमा फेला परेर नियन्त्रणमा लिएका छौं ।’
घर नजिक गोठमा बाँधेको अवस्थामा शुक्रबार राती अधिकारीका १५ देखि २५ किलो तौलका चार वटा खसी चोरी भएका थिए । खसी चोरेर राती नै गाउँ कटाई तराई झर्ने ट्रकमा हिलेबाट खसी ‘लोड’ गरी लैजादै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ बैशाख २०७८, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डकैतीमा संलग्न रहेको आरोपमा चारजना पक्राउ
युवकको हत्या अभियोगमा दुई जना पक्राउ
स्रोत नखुलेको १४ लाख नगदसहित युवक पक्राउ
लागूपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ
नवलपरासीमा माओवादी उम्मेदवारमाथि कुटपिट गर्ने रास्वपा कार्यकर्ता पक्राउ
ठगी गरेको अभियोगमा तीन जना पक्राउ