सर्लाही । सशस्त्र प्रहरीले सर्लाहीबाट हातहतियार तथा लागु औषधसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट खुटौनाले विशेष सूचनाका आधारमा जाँच गर्दा उनलाई मलंगवाबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत विहार सीतामढी निवासी वर्ष २२ को सकलदीप कुमार रहेका छन् । सशस्त्र प्रहरीले उनको साथबाट २ नाल कटुवा पेस्तोल, त्यसमा प्रयोग हुने २ राउन्ड गोली र २ सय ग्राम चरेस जस्तो देखिने कालो पदार्थ बरामद गरेको छ ।
यसको साथै उनको साथबाट भारतीय नम्बरको मोटरसाइकल समेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेका सामानसहित सकलदीपलाई आवश्यक कारबाहीका लागि स्थानीय प्रहरी कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ बैशाख २०७८, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ
विदेश पठाउने भन्दै ठगीको आरोपमा तीन जना पक्राउ