सर्लाही । सशस्त्र प्रहरीले सर्लाहीबाट हातहतियार तथा लागु औषधसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट खुटौनाले विशेष सूचनाका आधारमा जाँच गर्दा उनलाई मलंगवाबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत विहार सीतामढी निवासी वर्ष २२ को सकलदीप कुमार रहेका छन् । सशस्त्र प्रहरीले उनको साथबाट २ नाल कटुवा पेस्तोल, त्यसमा प्रयोग हुने २ राउन्ड गोली र २ सय ग्राम चरेस जस्तो देखिने कालो पदार्थ बरामद गरेको छ ।
यसको साथै उनको साथबाट भारतीय नम्बरको मोटरसाइकल समेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेका सामानसहित सकलदीपलाई आवश्यक कारबाहीका लागि स्थानीय प्रहरी कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ बैशाख २०७८, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खैरो हेरोइन र नगदसहित युवक पक्राउ
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ