नयाँदिल्ली । भारतीय क्रिकेट हस्ती रवीचन्द्रन आश्विनले भारतमा जारी इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको चालू सिजनबाट बाहिरिने घोषणा गरेका छन् ।परिवारका सदस्यहरु कोभिड–१९ को सङ्क्रमणको चपेटामा परेको अवस्थामा उनीहरुलाई साथ सहयोग दिनुपर्ने जनाउँदै आश्विनले सिजनका बाँकी खेल नखेल्ने बताएका हुन् ।स्पिनर आश्विनले यसपटक दिल्ली क्यापिटल्सबाट खेल्दै छन् ।
आश्विनले गर्नुभएको ट्वीटमा ‘अहिलेको कठिन अवस्थामा मैले परिवारलाई मद्दत गर्नु मेरो प्रमुख जिम्मेदारी हो’ भनेका छन् । भारतमा कोरोनाभाइरसको महामारी तिब्र रुपमा फैलिएको अवस्थामा आइपिएल खेलाउनु ठीक नरहेको भन्दै आलोचना पनि हुन थालेको छ ।
दिल्ली क्यापिटल्सले आश्विनको निर्णयप्रति समर्थन जनाएको छ । यसैबीच, रोयल च्यालेन्जर्स बैंगलोरमा अनुबन्धित केन रिचर्डसन र एडम जाम्पाले पनि कोभिड–१९ को सङ्क्रमणको कारण देखाउँदै चालू लिगमा सहभागिता नजनाउने भन्दै स्वदेश फर्किएका छन् । (एएफपी)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १३ बैशाख २०७८, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आइपिएल : केएल राहुलको विष्फोटक ब्याटिङ, २२६ रनको लक्ष्य पछ्याउँदै दिल्ली विजयी
आइपिएलको अक्सन डिसेम्बरमा भारतमै हुने