कपिलवस्तु । कपिलवस्तु प्रहरीले एक वर्ष अघि आमाको हत्या गरेर फरार भएका छोरालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारीका अनुसार २०७६ साल कार्तिक १६ गते बिहान कपिलवस्तु नगरपालिका (८ दोहनीका २८ वर्षीय सुरेन्द्र कुर्मीले आफ्नी ५५ वर्षीय आमा फुलमतीलाई घरायसी विवादका क्रममा हत्या गरेका थिए ।
आमाको हत्या विरुद्ध सोही दिन दिउँसो उनका अर्का छोरा हेमराज कुर्मीले प्रहरीमा किटानी जाहेरी दिएका थिए ।
प्रहरीले हालसम्म फरार कुर्मीलाई आइतबार जिल्लाको बुद्धभूमि नगरपालिका (५ चौरी भन्ने स्थानबाट पक्राउ गरि अदालतमा पेश गरिएको र ५ दिन म्याद थप गरि अनुसन्धान थालिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ बैशाख २०७८, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ
टिकटकबाट ठगी गरेको आरोपमा युवक पक्राउ