कपिलवस्तु । कपिलवस्तु प्रहरीले एक वर्ष अघि आमाको हत्या गरेर फरार भएका छोरालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारीका अनुसार २०७६ साल कार्तिक १६ गते बिहान कपिलवस्तु नगरपालिका (८ दोहनीका २८ वर्षीय सुरेन्द्र कुर्मीले आफ्नी ५५ वर्षीय आमा फुलमतीलाई घरायसी विवादका क्रममा हत्या गरेका थिए ।
आमाको हत्या विरुद्ध सोही दिन दिउँसो उनका अर्का छोरा हेमराज कुर्मीले प्रहरीमा किटानी जाहेरी दिएका थिए ।
प्रहरीले हालसम्म फरार कुर्मीलाई आइतबार जिल्लाको बुद्धभूमि नगरपालिका (५ चौरी भन्ने स्थानबाट पक्राउ गरि अदालतमा पेश गरिएको र ५ दिन म्याद थप गरि अनुसन्धान थालिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ बैशाख २०७८, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ