काठमाडौं । अपहरण गरेर फिरौती मागेको मुद्दामा ९ वर्ष कैद तोकिएका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२९ घर भएका बुधनराम चमार छन् । ०७१ भदौ ६ मा बुधनराम सहितका समुहले भारतीय नागरिक रितेश कुमारलाई अपहरण गरेर फिरौती मागेका थिए ।
अपहरण तथा शरीरबन्धक मुद्दामा ०७३ असारमा पर्सा जिल्ला अदालतले उनलाई ९ वर्ष कैद र ५० हजार जरिवाना हुने फैसला गरेको थियो । अदालतको फैसलापछि लुकेर हिँड्न थालेका ४० वर्षीय बुधनरामलाई वीरगञ्जस्थित बस्डिलवा गाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ बैशाख २०७८, ११ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ
विदेश पठाउने भन्दै ठगीको आरोपमा तीन जना पक्राउ
विमानस्थलबाट लागु औषधसहित एक अमेरिकी नागरिक पक्राउ