जन्ती बोकेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, दुलहा–दुलही घाईते

सफल खबर संवाददाता

सोमबार, १३ बैशाख २०७८, ०८ : ३१
जन्ती बोकेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, दुलहा–दुलही घाईते

बैतडी। बैतडीको पाटनमा जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि दुलहा–दुलही घाईते भएका छन् ।

महेन्द्रनगरबाट दुलही लिएर बैतडीको ग्लाल्लेक आउँदै गरेको सुप्रप ००१ ज ३७७ नम्बरको जिप सोमबार बिहान करिब ६ बजे बैतडीको पाटन नगरपालिका–६, घट्टीखोलामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकका करिब ५५ वर्षीय देवदत्त जोशी रहेका छन् । मृतक दुलाहाका काका रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा जिप चालक तर्कराज जोशी गम्भीर घाईते भएका छन् ।

दुलाहा–दुलही सामान्य घाईते भएका छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटना बारे प्रहरीले थतप अनुसन्धान गरिरहको बताएको छ ।

प्रतिक्रिया दिनुहोस