घट्यो वैदेशिक रोजगार, बेरोजगारी भयावह हुनसक्ने

पत्रपत्रिकाबाट

सोमबार, १३ बैशाख २०७८, ०७ : ५८
घट्यो वैदेशिक रोजगार, बेरोजगारी भयावह हुनसक्ने

काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले वैदेशिक रोजगारी खुम्चिएको छ। कोरोनापछि चार गुणाले वैदेशिक रोजगारी खुम्चिँदा बेरोजगारी भयावह बन्ने देखिएको छ। श्रमविज्ञ डा.गणेश गुरुङले रोजगारी सिर्जना हुन नसकिरहेकाले वैदेशिक रोजगारी खुम्चिँदा अवस्था भयावह बन्ने बताए।

कोरोनापछि भारतसहित वैदेशिक रोजगारीबाट १० लाख श्रमिक फर्किएका छन्। नेपालबाट ७ लाखभन्दा बढी भारतीय कामदार कोरोना पछि काममा फर्किएका छैनन्।

कोरोनापछि भारतीय कामदार नफर्र्किएकाले तत्काल उनीहरूको ठाउँमा नेपालीलाई अवसर दिनुपर्ने भए पनि त्यसो हुन सकेको छैन। अन्नपूर्ण पोस्टमा खबर छ ।
 

प्रतिक्रिया दिनुहोस