पूर्व निर्धारित सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

सफल खबर संवाददाता

आइतबार, १२ बैशाख २०७८, २२ : ०६
पूर्व निर्धारित सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

सरकारले पूर्वनिर्धारित सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । 

Yeti Diistillery Tansen Cement box

कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

सोमबारदेखिका सबै परीक्षा स्थगित गर्ने सीसीएमसीले निर्णय गरे पनि जेठमा हुने एसईई परीक्षाका सम्बन्धमा भने कुनै निर्णय भएको छैन । स्रोतले भन्यो, ‘एसईई परीक्षाबारे पछि निर्णय लिइनेछ ।’​