काठमाडौं । बैंकिङ कसूर मुद्दामा कैद र जरिवाना तोकिएर फरार हुँदै आएका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ ।
धादिङका प्रकाश न्यौपानेको जाहेरीले वादी नेपाल सरकार रहेको उक्त मुद्दाका प्रतिवादी ध्रुवप्रसाद कँडेललाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले जनाएको छ । उच्च अदालत पाटनको विसं २०७७ मङ्सिर १९ को फैसलाले धादिङको बेनीघाट रोलाङ्ग गाउँपालिका–५ बस्ने ४५वर्षीय कँडेललाई सात दिन कैद र रू १२ लाख ५० हजार जरिवाना हुने ठहर गरेको थियो ।
उक्त सजाय बेरुजू रही फरार रहेकामा आजे काठमाडौँको नक्सालबाट उनलाइ पक्राउ गरी फैसला कार्यान्वयनको लागि आजै सम्मानित काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको सिआइवीका उपनिर्देशक गङ्गा पन्तले जानकारी दिनुभयो ।
प्रतिवादी कँडेलले विसं २०७५ मा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी झुक्यानमा पारी राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय गजुरीमा रहेको खाताबाट भुक्तान हुने गरी रु १२ लाख को चेक काटी पीडित न्यौपानेलाई दिएका िथए । अदालतले बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम उक्त सजाय हुने फैसला गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १२ बैशाख २०७८, १९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ