साइप्रसमा फेरि लकडाउन लगाइने

रासस

शनिबार, ११ बैशाख २०७८, १३ : ४०
साइप्रसमा फेरि लकडाउन लगाइने

निकोसिया । कोरोनाभाइरसको महामारीबाट अति प्रभावित मुलुक साइप्रसमा फेरि लकडाउन लागु हुने भएको छ । सरकारले अहिले फेरि घोषणा गरेको लकडाउन यही अप्रिल २६ तारिख देखि लागु हुने पनि अधिकारीहरुले जानकारी दिएका छन् । 

कोरोनाभाइरसको महामारी फेरि तिव्र रुपमा फैलिएर धेरै मानिस सङ्क्रमित हुने र धेरैको मृत्यु हुने गरेकाले फेरि लकडाउन लगाउनु परेको उनीहरुको भनाई छ । खाद्य तथा पेय पदार्थ विक्रि वितरण गर्ने पसललगायत सवै व्यवसायीक स्थल तथा कार्यालयहरु बन्द गरिने निर्णय भएको एक मन्त्रीले जानकारी दिएका छन् । 

त्यसैगरी होटल, रेस्टुरेन्ट, वार, क्याफे, सैलुन, व्युटिपार्लर, जिम तथा डान्स स्कुलहरु पनि बन्द गर्ने निर्णय भएको उनले बताए। स्थानीय समयानुसार राती ९ बजेदेखि विहान ५ बजेसम्म कफ्र्यु समेत लागु हुने अधिकारीहरुले जानकारी दिएका छन् । लकडाउनको बेलामा थियटर र चलचित्र घरहरु समेत बन्द गरिने भएको छ ।

भिडभाड गर्न तथा भेला हुन प्रतिवन्ध लगाउन थालिएको छ भने कतै हिड्नु पर्नेमा अत्यावश्यक परेकाहरुलाई मात्रै अनुमति दिइने भएको छ । कामदारहरुलाई सकेसम्म निवासबाटै काम गर्न वा काम गर्ने ठाउँमै बस्न प्रोत्साहन गर्ने नीति सरकारले लिएको छ ।(सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस