धरहरा ढलेर ज्यान गुमाउनेका परिवारलाई रोजगारीको व्यवस्था हुने

सफल खबर संवाददाता

शनिबार, ११ बैशाख २०७८, १३ : ०८
धरहरा ढलेर ज्यान गुमाउनेका परिवारलाई रोजगारीको व्यवस्था हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रासदीपूर्ण भूकम्पबाट धेरै जनधनको क्षति भएको स्मरण गर्दै धरहरा ढलेर ज्यान गुमाउनेका परिवारलाई रोजगारीको व्यवस्था गर्ने घोषणा गरेका छन् । 

शनिबार धरहरा उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले धरहरा क्षेत्रमा उपलब्ध हुने रोजगारीमा मृतकका परिवारलाई प्राथमिकता दिने बताएका हुन् । 

उनले परिवारका एक जनालाई प्राथमिकताका साथ रोजगारी उपलब्ध गराइने घोषणा गरे । उनले धरहरामा क्षेत्रमा काम नपाउनेलाई अर्को क्षेत्रमा पहल गरिने पनि बताए । 

प्रतिक्रिया दिनुहोस