सार्वजनिक बिदामा पनि धरहरा खुल्ने

पत्रपत्रिकाबाट

विहीबार, २६ असार २०८२, ०७ : ३५
सार्वजनिक बिदामा पनि धरहरा खुल्ने

काठमाडौ । पुनर्निर्माणपछि खुला गरिएको धरहरा अब दैनिक दुई चरण (सिफ्ट) मा खुला गरिने भएको छ । साउन १ गतेदेखि दुई चरणमा सञ्चालन हुने तयारी भइरहेको सहरी विकास मन्त्रालयले जनाएको छ । 

धरहरा अहिले दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म खुला गरिएको छ । सरकारले दिने सार्वजनिक बिदाको दिन यो बन्द हुन्छ भने शनिबार दिइने साप्ताहिक बिदाको सट्टा बुधबार धरहरा बन्द हुने गर्छ ।

सहरी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायण मैनालीले अब सार्वजनिक बिदाका दिनसमेत बिहान ८ देखि बेलुका ८ बजेसम्म धरहरा सञ्चालनका लागि आवश्यक तयारी भइरहेको जानकारी दिए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस