काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । शुक्रबार जनकपुरबाट काठमाडौं फर्केका नेता नेपाल गौतमलाई भेट्न त्रिभुवन विमानस्थलबाट सिधै नागपोखरी पुगेका थिए ।
गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीका अनुसार नागपोखरीस्थित हरिस गौतमको कार्यालयमा दुई नेताबीच कुराकानी भएको हो ।
विहीवार साँझ गौतमले अध्यक्ष केपी शर्मा ओलीसँग ‘डिनर’ भेट गरेका थिए । गौतमले एमाले २ जेठ २०७५ अगाडिकै अवस्थामा फर्काउनुपर्ने अडान राख्दै आएका छन् । नेता नेपाल समूहले पनि यही माग राखिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० बैशाख २०७८, २० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा एसमा पनि २० लाख पार्टी सदस्य बनाउन सकिन्छ: वामदेव गौतम
एकीकृत समाजवादीमा आउन चार वर्ष लाग्यो: वामदेव गौतम
वामदेव गौतम नेतृत्वको पार्टी र एकीकृत समाजवादीबीच एकता घोषणा
एकीकृत समाजवादीमा समाहित भएपछि वामदेव गौतमको पद के हुन्छ ?
किन माधव नेपालको पार्टीमा प्रवेश गर्ने भए वामदेव गौतम ?
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ : वामदेव गौतम