काठमाडौं । नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न आन्तरिक तयारी तीव्र बनाएको छ । कांग्रेसले आफ्ना सांसदलाई काठमाडौँ बाहिर नजान र सांसदलाई ‘स्ट्यान्डबाई’ बस्न निर्देशन दिएको छ ।
नयाँ सरकार गठनका लागि परिस्थिति अनुकुल बन्दै गएको निष्कर्ष कांग्रेसले निकालेको छ । पार्टीको १४ औं महाधिवेशनको तयारी र संसद अधिवेशन अन्त्यपछि काँग्रेसका केही सांसद गृहजिल्ला पुगेका छन् । गृहजिल्ला पुगेका सांसदहरुलाई कांग्रेसले बोलाएको छ । माओवादीले विश्वासको मत फिर्ता र अविश्वासको प्रस्ताव दर्ताको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएपछि काँग्रेसले आफ्ना सांसद तयारी अवस्थामा रहन निर्देशन दिएको हो । अब काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच निर्णायक छलफल गरेर अविश्वास प्रस्ताव अघि बढाउने तयारी भइरहेको कांग्रेस स्रोतले जनाएको छ ।
काँग्रेसले प्रतिनिधिसभाको अंकगणितको लेखाजोखा गरिरहेको छ । पार्टीका अधिकांश सांसदको हस्ताक्षर जुटिसकेको कांग्रेस एक नेताले जानकारी दिए । काँग्रेसका दोस्रा तहका नेताहरु माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपा नेपालको उपेन्द्र यादव– बाबुराम भट्टराई पक्षसँग निरन्तर संवादमा छन् । काँग्रेस अविश्वासको प्रस्ताव दर्ता गर्न अग्रसर देखिएको छ ।
माओवादी केन्द्रसहित एमालेको खनाल–नेपाल पक्ष र जसपाको यादव–भट्टराईको सहयोगमा कांग्रेस नेतृत्वको सरकार बन्ने सम्भावना बलियो भनेको कांग्रेसका एक नेताले बताए । काँग्रेसले खनाल–नेपाल पक्षसँग छलफल अगाडि बढाएको छ । जसपाको महन्थ ठाकुर पक्ष बाहिरिए पनि एमालेको माधव खनाल पक्ष सांसदको साथ पाउने कांग्रेसले जनाएको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले नेता माधवकुमार नेपालबीच गोप्य भेटवार्ता भएपछि कांग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउन लागिरहेको छ । बुधबार र बिहीबार ओलीसँगको छलफलबारे काँग्रेस नेताहरुको जिज्ञासामा माधव नेपालले ओलीसँगको सहकार्यको ढोका बन्द हुँदै गएको बताएपछि कांग्रेस थप हौसिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० बैशाख २०७८, १६ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीले तिरे एमालेको लेबी
ओली भेटन बालुवाटार पुगेकी पूर्वराष्ट्रपति भण्डारीले सोधिन् यस्ता प्रश्न
“मै पनि चौकीदार” देखि “म झोले हो” सम्म : मोदीको सिको गर्दै ओली
ओली सरकारको कुटनीतिक असफलता: सगरमाथा संवादमा कुनै पनि विदेशी राष्ट्रप्रमुख, सरकार प्रमुख सहभागी नहुने
आफैँले बनाएको लुम्बिनीको सभाहलप्रति ओलीले जनाए असन्तुष्टि
प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष ‘प्रचण्ड’बीच भेटवार्ता