बादललाई राष्ट्रिय सभामा उम्मेदवार बनाउने एमालेको निर्णय

सफल खबर संवाददाता

शुक्रबार, १० बैशाख २०७८, १५ : २९
बादललाई राष्ट्रिय सभामा उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमालले गृहमन्त्री रामबहादुर थापा बादललाई राष्ट्रिय सभाको उपचुनावमा उम्मेदवार बनाउने निर्णय गरेको छ । 

थापा एमालेको  नवनियुक्त स्थायी समिति सदस्य हुन् । यसअघि नेकपा माओवादी केन्द्रबाट निर्वाचित बादललाई पार्टीले कारवाही गरेपछि उनको राष्ट्रिय सभा सदस्यको पद गुमेको छ । 

आयोगले थापाको रिक्त स्थानमा राष्ट्रियसभा सदस्य चयनका लागि जेठ ६ गते निर्वाचनको मिति तोकेको हो ।


 
 

प्रतिक्रिया दिनुहोस