जनकपुरधाम । होटल मेरियटमा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच दुई दिने वार्ता भयो । उनीहरुबीच पहिलो दिन बुधबार दुई घन्टा र बिहीबार डेढ घन्टा वार्ता भयो । दोस्रो दिन भएको वार्तामा उनीहरुले उठेको धराहरा हेर्दै कुराकानी गरेका थिए ।
पहिलो दिनको वार्तामा केके भयो भन्ने कुरा त्यो दिन केही खुलेन । वार्ता सकारात्मक भएको खबरका समाचारहरु आउन थाले । जसका कारण कार्यकर्तामा उत्साह जागेको थियो । फेरि माधव नेपाल र केपी ओली सँगसँगै रहने संकेत देखिएको खबरहरु मिडियामा आउन थाले ।
माधव र ओलीबीच पहिलो दिनको दुई घन्टा वार्ता ज्यादै सकारात्मक भएको रहेछ । दुबैले कुराकानीको क्रममा मन माझाँमाझ गरेका रहेछन् । त्यो दिन दुबै नेताले मिडिया सामु केही बताउन चाहेनन् । कुरा मिल्छ भन्ने सकारात्मक खबर कार्यकर्तामाझ पुग्यो । तर दोस्रो दिनको वार्तामा माधव नेपालको मन भाँडिएको कुरा उनी जनकपुर पुगेपछि थाहा भयो । बिहीबारको वार्ता सकिनसाथ उनी जनकपुर गए । वार्ताबाट निस्कने क्रममा सञ्चारकर्मीलाई कुनै प्रगति भएको छैन भन्ने जानकारी दिएका थिए ।
जनकपुरमा गएर नेपालले अध्यक्ष केपी शर्मा ओली पार्टी एकताको पक्षमा नभएको निष्कर्ष सुनाएका छन् । ओलीसँग बुधबार भएको भेटले थोरै आश जागेपनि बिहीबार ‘आफ्नो निर्णय माने मान, नमाने पार्टी छाड्न’ भन्ने शैली देखाएको हुनाले आफ्नो मन भाँडिएको नेपालको भनाइ थियो ।
नेपालले शुक्रबार जनकपुरधाममा भने, ‘केपी ओली कुनै पनि हालतमा एकताको पक्षमा हुनुहुन्न । उहाँमा माने मान, नमाने बाटो खुला छ भन्ने दम्भ छ, यस्तो दम्भकी त्यो धरहराभन्दा अग्लो छ ।’
नेपालले पहिलो दिनको वार्तमा अध्यक्ष ओलीलाई भनेका थिए, तपाईँको अध्यक्ष पद पनि खोस्न खोजेको होइन । प्रधानमन्त्रीबाट हट्नुस् पनि भनेको छैन । बस्नुस् प्रधानमन्त्री, तर पार्टीलाई सिस्टममा चलाइदिनुस् । माधव नेपाललाई पद चाहिएको छैन । बहुमत पुर्याएर निकाल्छ र प्रधानमन्त्री हुन्छ कि भनेर तर्सिनु पर्दैन ।’
माधव नेपालले त्यसो भनेपछि ओलीले ‘मिलेर अगाडि बढौँ’ भनेका थिए । ओलीले त्यसो भए केही उपाय छ त ?’ भनेर सोधेका थिए । आफूले ‘म उपाय खोज्छु, सरकारलाई स्थायित्व दिन भूमिका खेल्छु’ भनेको नेता नेपालले सुनाए ।‘मैले भने अब २०७५ जेठ २ मा फर्किऔं कमरेड । पार्टीलाई एकताबद्ध बनाऔं, मिलेर जाऊँ । क–कसलाई थप्नुपर्छ, त्यही छलफल गरौं । रामबहादुर थापा थपिएर केही फरक पर्दैन । हामी पनि २ र ४ जना मान्छे थपिदिउँला भनेर मैले भनेँ’ अध्यक्ष ओेलीसँग मेरियट होटलमा बिहीबार भएको सम्वादबारे उनले सुनाए । ‘तर उहाँले हुँदैन । तपाईहरु किन आउनु भएन भन्नुभयो ।’ नेपालले भने, ‘हामी पार्टी छोड्दैनौँ, संघर्ष गरिरहन्छौँ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० बैशाख २०७८, १३ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल
राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव