भारतद्वारा गैरनाफामूलक संस्थालाई बस र एम्बुलेन्स प्रदान

रासस

विहीबार, ०९ बैशाख २०७८, १८ : ४८
भारतद्वारा गैरनाफामूलक संस्थालाई बस र एम्बुलेन्स प्रदान

काठमाडौं ।भारत सरकारले नेपालका गैरनाफामूलक सङ्घसंस्था तथा शैक्षिक प्रतिष्ठानलाई उपहारस्वरुप बस तथा एम्बुलेन्स प्रदान गरेको छ ।भारतीय राजदूतावासमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले ३९ वटा एम्बुलेन्स र छ वटा बस सम्बन्धित संस्थाका प्रतिनिधिलाई हस्तान्तरण गरे । 

यसअघि भारतले नेपाल सरकारले निर्धारण गरेको मापदण्डानुसार निर्माण भएका ‘एडभान्स लाइफ सपोर्ट, बेसिक लाइफ सपोर्ट र कमन लाइफ सपोर्ट’ गरी तीन किसिमका थप एम्बुलेन्स प्रदान गरेको थियो । 

हालसम्म भारतले ८६२ वटा एम्बुलेन्स र १६६ वटा स्कूल बस उपहारस्वरुप नेपालका सामाजिक सङ्घसंस्था र विद्यालयलाई प्रदान गरिसकेको छ । नेपालका ग्रामीण क्षेत्रमा स्वास्थ्यको पहुँच विस्तार गर्न तथा शिक्षक र विद्यार्थीको आवागमनमा सघाउन भारतले बर्सेनि केही एम्बुलेन्स र स्कूल बस उपलब्ध गराउँदै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस