स्वास्थ्य मन्त्रालयले माग्यो कोरोनाविरुद्धको खोप किन्न ३३ अर्ब

सफल खबर संवाददाता

विहीबार, ०९ बैशाख २०७८, १८ : ०४
स्वास्थ्य मन्त्रालयले माग्यो कोरोनाविरुद्धको खोप किन्न ३३ अर्ब

काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्थ मन्त्रालयसँग ३३ अर्ब रूपैयाँ कोरोनाविरुद्धको खोप व्यवस्थापन गर्न माग गरेको छ ।अर्थ समितिले बिहीबार स्वास्थ्य मन्त्रालयसँग गरेको पूर्वबजेट छलफलमा सो रकम खोप किन्नका माग गरिएको हो ।कोरोनाविरुद्धको खोप पाउन योग्य ७२ प्रतिशत जनसंख्यामा खोप पुर्‍याउनका लागि सो रकम आवश्यक भएको स्वास्थ्य मन्त्रालयका सचिव लक्षमण अर्यालले बताए ।

स्वास्थ्य मन्त्रालयले अहिलेसम्म कोरोना नियन्त्रण र खोप किन्नका लागि ४८ अर्ब खर्च भएको समितिलाई जानकारी गराएका छन् । समितिमा सचिव अर्यालले आर्थिक वर्ष २०७८ र७९ कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागि नभएर खोप किन्नका लागि मात्र सो रकम आवश्यक भएको जानकारी गराएका थिए ।

यसैगरी मन्त्रालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कोभिड १९ पहिचान, रोकथाम, नियन्त्रण र उपचारमा मन्त्रालयले पाँच अर्ब १७ करोड ७२ लाख रुपैयाँ बराबर खर्च गरेको विवरण समेत समितिमा पेस गरेको थियो ।यसैगरी, खोप कार्यक्रम र एचडीयूका आगि दुई अर्ब ५४ करोड ४८ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस