सोत्तर भए डंगर प्रजातिका गिद्ध, मर्नुको कारण खुलेन

सफल खबर संवाददाता

बुधबार, ०८ बैशाख २०७८, १५ : १०
सोत्तर भए डंगर प्रजातिका गिद्ध, मर्नुको कारण खुलेन

नवलपरासी । नवलपरासी पश्चिमको जितपुरमा अति संकटापन्न अवस्था रहेको डंगर प्रजातिका गिद्धहरु मरेको अवस्थामा भेटिएका छन् । 

रामग्राम नगरपालिका–४ जितपुरमा गिद्ध मरेको जानकारी स्थानीय बासिन्दाले गराएका हुन् । कम्तीमा पनि ६७ वटा डंगर प्रजातिका गिद्ध मरेका छन् । सुचना आएपछि बाट नेपाल पक्षी संरक्षण संघका प्रतिनिधि सो ठाउँमा पुगेका छन् । 

गिद्धहरु विभिन्न स्थानमा मरेको अवस्थामा देखिएका छन् । गिद्ध मर्नुको कारण खुलेको छैन । गिद्ध संरक्षणको क्षेत्रमा काम गर्दै आएका नेपाल पक्षी संरक्षण संघमा कार्यरत फिल्ड बायोलोजिस्ट दीलिप चन्दका अनुसार विषाक्त सिनोका कारण गिद्ध मरेको हुन सक्ने प्रारम्भिक अनुमान गरेका छन् । 

विष दिएर मारिएको कुकुरको सिनो खाएका कारण गिद्धहरु मरेका अनुमान छ। एकै ठाउँमा यति धेरै गिद्ध मरेपछि चिन्ता छाएको छ । चरा संरक्षकर्मी चन्दका अनुसार अहिले घटनास्थलमा पोस्टमार्टमको तयारी भएको छ। 

प्रतिक्रिया दिनुहोस