दाङ । दाङमा आगलागीबाट छ वटा घरगोठ जलेर नष्ट भएको छ । घोराही उपमहानगरपालिका–२ चाक्लीघाटमा चार घर परिवारको छ वटा घरगोठ जलेर नष्ट भएको वडाध्यक्ष केशवराज आचार्यले जानकारी दिए ।
स्थानीय धनबहादुर वलीको गोठबाट शुरु भएको आगलागीले रत्नबहादुर वलीको घर, गोठ र पाँच वटा खसी जलेको छ । त्यस्तै कली वलीको घर, गोठ, सुन्दर वलीको घर, गोठसहित १० वटा खसीबाख्रा र एउटा गोरु जलेको वडाध्यक्ष आचार्यले जानकारी दिए ।आगलागी के कसरी भयो भन्ने खुल्न नसकेको उनको भनाइ छ ।
आगलागीले घरगोठमा रहेका सबै सामान जल्दा पीडित घरबारविहीन भएका छन् ।अग्नी पीडित आफन्तको घरमा आश्रय लिएर बसेका छन् । उनीहरुका लागि तत्काल आवश्यक पर्ने खाद्यान्न र लत्ताकपडा राहत स्वरुप लिएर भोलि जाने वडाध्यक्ष आचार्यले बताए । स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा आएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०८ बैशाख २०७८, १४ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभर २२ स्थानमा आगलागीका घटना
बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति
उत्तर प्रदेशमा ट्रकसँग बस ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु, २४ घाइते, अधिकांश यात्रु नेपाली
सुक्खा मौसम लागेसँगै बढे आगलागीका घटना
हङकङमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्यो, २७९ जना अझै बेपत्ता
विराटनगरमा ‘भीषण’ आगलागी, नियन्त्रणको प्रयास जारी