काठमाडौं । नकेपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले थालेको कारबाहीको प्रक्रियालाई रोक्न माधव नेपाल पक्ष सर्वोच्च जान लागेको छ ।
ओलीले माधव नेपालसहित २७ जना संघीय सांसद र ५ जना कर्णाली प्रदेशका सांसदलाई स्पष्टीकरण सोधी कडा कारबाहीको प्रक्रिया सुरु गरेका छन् । कानून व्यवसायीहरूसँगको छलफलपछि कारवाही प्रक्रिया रोकी पाउँ भन्दै माधव नेपाल पक्ष सर्वोच्च अदालत जान लागेको छ ।
एमालेले संविधानको धारा ८९, राजनीतिक दल सम्बन्धी ऐनको दफा ३१ र ३२ र पार्टीको विधानको धारा ४९ लाई समेत उदृत गरेर सांसद पदबाट किन कारवाही नगर्ने भन्ने प्रश्नसहितको स्पष्टीकरण सोधेपछि नेपाल पक्ष अदालत जान हिँडेको छ ।
माधव नेपाल पक्षका बेदुराम भुषालले ‘अध्यक्ष ओलीले गरेको कारवाहीविरुद्ध हामी आजै अदालत जाने र त्यही विषयमा छलफल गर्न स्थायी समितिको बैठक पनि आजै बस्ने एमालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ बैशाख २०७८, १४ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेसँग एकता सम्भव छैन: माधव नेपाल
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार