प्रभावकारी बन्दै आमासँग उपाध्यक्ष कार्यक्रम

रासस

बुधबार, ०८ बैशाख २०७८, १३ : ३३
प्रभावकारी बन्दै आमासँग उपाध्यक्ष कार्यक्रम

जुम्ला । जुम्लाको तिला गाउँपालिकाले सुनौलो हजार दिनभित्रका आमालाई उपाध्यक्षको पोषण कोसेली कार्यक्रम सञ्चालन गरेको छ ।आमा र बच्चालाई स्वस्थ राख्न सके मात्र परिवार, समाज, समुदाय र सिङ्गो देशको विकास एवं समृद्धिमा सहयोग पुग्छ भन्ने मान्यतालाई केन्द्रमा राखेर सुनौलो हजार दिनभित्रका आमासँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ । 

 कार्यक्रमअन्र्तगत विभिन्न खाद्य सामग्री तथा लत्ता कपडा एवं सरसफाइका सामग्री उपलब्ध गराइएको छ । उपाध्यक्ष विष्णु बुढाका अनुसार गर्भवती र सुत्केरीलाई धान उत्पादन नहुने क्षेत्रमा पाँच केजी मार्सी चामल, धान फल्ने क्षेत्रमा पाँच केजी चना, बच्चालाई न्यानो कपडा, एक पाकेट तोरीको तेल, नङकाट, नुहाउने साबुन र झोला दिने गरिएको छ ।

पालिकाको चालू आव २०७७/७८ नीति तथा कार्यक्रममा नै सुनौलो हजार दिनभित्रका आमासँग उपाध्यक्ष कार्यक्रम समावेश गरिएको थियो । गर्भवती भएको बेला चार पटक जाँच गर्नुपर्ने, पौष्टिक आहार खाने संस्कारको विकास, पारिवारिक जिम्मेवारीको बोध,व्यक्तिगत तथा वातावरणीय सरसफाइमा ध्यान दिनुपर्ने विषयमा कार्यक्रममा छलफल हुन्छ । कार्यक्रमका लागि रु १५ लाख विनियोजन भएकोमा अपुग देखिएपछि थप रु १० लाख आवश्यक रहेको उपाध्यक्ष बुढाले बताए ।
 
असार मसान्तसम्म एक हजार १७७ गर्भवती तथा सुत्केरीलाई पोषण कोसेली उपलब्ध हुने उपाध्यक्ष बुढाले भने, “नियमित चार पटक स्वास्थ्य जाँच गरेका, निरन्तर स्वास्थ्यकर्मीको सल्लाह लिएका, खोप कार्ड भएका, सुरक्षित सुत्केरीका स्वास्थ्य संस्थामा सेवा लिएका जस्ता मापदण्ड पूरा गरेका गर्भवती र सुत्केरीलाई प्राथमिकतामा राखिएको छ । 

कार्यक्रमबाट खासगरी विपन्न वर्गका महिलाले निकै राहत महशूस गरेका छन् ।घर आँगनमै पोषिलो कोसेली पाउँदा निकै खुसीए । एक छोरा एक छोरीको आमा भनेकी परियारले भनिन्, “स्थानीय सरकारले सञ्चालन गरेको सुनौला हजार दिनका आमालाई उपाध्यक्ष पोषण कोसेली कार्यक्रमले गर्भवतीलाई निकै राहत पुगेको छ ।’’

प्रतिक्रिया दिनुहोस