झापा । पूर्व–पश्चिम राजमार्गस्थित मेचीनगर नगरपालिका–१३ मा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको आज मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ पथरी शनिश्चरे नगरपालिका–९ का २१ वर्षीय प्रवेश बयलकोटी रहेको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २८ प ८८९१ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको मे १ ख ८११ नम्बरको ट्रकले मङ्गलबार राति ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घाइते उनलाई उपचारका लागि विर्तामोडस्थित विएण्डसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइलमा पछाडि सवारी सोही स्थानका २२ वर्षीय सागर लिम्बु घाइते भएका छन् । उनको मनकामना अस्पताल चारआलीमा उपचार भइरहेको छ । प्रहरीले ट्रक र चालक झापा अर्जुनधारा नगरपालिका–२ का ५६ वर्षीय सुमन दनुवारलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०८ बैशाख २०७८, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डोटीमा जिप दुर्घटना, एक महिलाको मृत्यु
ट्रक दुर्घटनामा २ घाइते
सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना गम्भीर घाइते
डोटीमा गाडी दुर्घटना, एक महिलाको मृत्यु, ६ बालबालिकासहित २१ घाइते
दार्चुलामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, १० जना घाइते
अर्घाखाँचीमा जिप दुर्घटना, २ जनाको मृत्यु, २४ घाइते