राहुल गान्धीलाई कोरोना सङ्क्रमण पुष्टि, प्रधानमन्त्री मोदीद्वारा स्वास्थ्यलाभको कामना

एजेन्सी

मंगलबार, ०७ बैशाख २०७८, २१ : १३
राहुल गान्धीलाई कोरोना सङ्क्रमण पुष्टि, प्रधानमन्त्री मोदीद्वारा स्वास्थ्यलाभको कामना

काठमाडौँ । भारतीय राष्ट्रिय काँगे्रसका नेता राहुल गान्धीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

आफूलाई सङ्क्रमण पुष्टि भएपछि विपक्षी नेता गान्धीले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी गराउनुभएको छ । उहाँले आफ्नो ट्वीटर पेजमा भन्नुभएको छ, “सामान्य लक्षण देखिएपछि परीक्षण गर्दा मलाई कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्ला केही दिनमा मेरो निकटमा आउनुभएका सबैले आवश्यक सावधानी अपनाउँदै सुरक्षित रहनुहोला ।” यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गान्धीको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । 

गान्धीले पछिल्लो केही समयदेखि कोरोना महामारीकाबीच केरला, पश्चिम बंगाल, आसाम, तामिलनाडुलगायतका क्षेत्रमा चुनावी ¥यालीहरुमा सहभागी हुनुभएको थियो । तर उहाँले पश्चिम बङ्गालमा तय गरिएका आफ्ना सबै चुनावी ¥यालीहरूलाई दुई दिन पहिले स्थगित गर्नुभएको थियो ।

कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गरि आफूले सबै ¥यालीहरू स्थगित गरेको र यसबारे अरु पार्टीका नेताहरूलाई पनि सोच्न गान्धीले आग्रह गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस