काठमाडौँ । भारतको लोकसभामा प्रमुख विपक्षी नेता राहुल गान्धीलाई सरकारले हिरासतमा लिएको छ । मतदाता नामावलीमा लाखौँको संख्यामा हेराफेरी भएको आरोप लगाउँदै विपक्षी दलले निर्वाचन आयोग घेराउ गर्न खोजेपछि उनी पक्राउ परेका हुन् ।
आयोगतर्फ मार्चपास गरिरहेका बेला गान्धीसहित केही विपक्षी सांसदलाई दिल्ली पुलिसले हिरासतमा लिएको छ । मार्चपास लोकसभामा विपक्षी नेता गान्धीको नेतृत्वमा निकालिएको थियो । यसअघि सबै सांसद धर्नामा बसेका थिए ।
गान्धीले हिरासत जाँदै गर्दा संविधान बचाउन आफूहरू सडकमा आएको प्रतिक्रिया दिएका छन् । उनले यसलाई एक व्यक्ति एक मतको लडाइ भन्दै मतदाता नामावलीमै सत्तापक्षले धाँधली गरेको आ।रोप लगाएका छन् । मार्चपासमा प्रियंका गान्धीसहित समाजवादी नेतृ डिम्पल यादव,महुजा मोइत्रा, सञ्जय राउतलगायत थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ साउन २०८२, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राहुल गान्धीले निर्वाचन आयोगविरुद्ध लगाए चुनाव धाँधलीको आरोप
सर्वोच्च अदालतबाट राहुल गान्धीलाई राहत