काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षका गोकर्णविष्टसहित आठ सांसदलाई स्पष्टीकरण सोधेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओली सोमवार मध्यराति २ बजेसम्म बालुवाटारमा आफूनिकट नेताहरुसँग बसेर ‘फ्लोर क्रस’ गर्ने तयारीमा रहेका माधव नेपाल पक्षका सांसदहरूको सूची बनाउँदै गर्दा गोकर्णविष्टसहित आठ सांसद परेनन् ।
आखिरी किन परेनन् माधव नेपाल पक्षका आठ सांसद स्पष्टीकरणमा । आठ सांसदले माधव नेपालको खेमा छोड्न लागेका हुन् ? यस विषयमा अहिले चर्चापरिचर्चा हुन थालेको छ । ओलीले केही दिनयता लगातार माधव नपाल पक्षका धेरैजसो सांसदसँग टेलिफोन र भेटेरै कुराकानी गरेका थिए । यसरी सोधिनेमा गोकर्ण विष्टलगायतका सांसद थिए । विष्टसहित आठ सांसद पार्टी एकताको पक्षमा उभिएपछि प्रधानमन्त्री ओलीले स्पष्टीकरण नसोधेका बालुवाटार स्रोतले जनाएको छ ।
प्रतिनिधिसभामा एमालेका १२१ सांसदमध्ये माधव नेपालको पक्षमा आइतवारसम्म ३५ जना छन्। मंगलवार स्पष्टीकरण सोधिने सांसदहरुको सूचीमा नेपाल पक्षका ८ जना सांसदको नाम नदेखिएपछि सो समूहमै खैलाबैला मच्चिएको छ ।
नेपाल पक्षमा प्रत्यक्ष निर्वाचित २३ जना सांसद रहेकोमा गुल्मीका गोकर्ण विष्ट, सुर्खेतका ध्रुव शाही र दैलेखका राजबहादुर बुढालाई स्पष्टीकरण माग्न नपर्ने बालुवाटार स्रोतको भनाइ छ । उनीहरुले माधव नेपाल क्याम्प छोडेका हुन् त ? बालुवाटार स्रोतले क्याम्पको विषयमा प्रष्ट जवाफ नदिई विष्टलगायत आठ सांसद पार्टी एकताको पक्षमा उभिएको दावी गरेको छ ।
नेपाल पक्षमा १२ जना समानुपातिक सांसद रहेकोमा ५ जना स्पष्टीकरणबाट जोगिएका छन् । बिना बुढाथोकी मगर, गंगा चौधरी सतगौंवा, समिना हुसेन, कलिला खातुन र पार्वती बिसुंखेलाई स्पष्टीकरण सोध्न आवश्यक नदेखिएको एमाले स्रोतले जनाएको छ । स्पष्टीकरण सोधिएका अन्य सांसद पनि पार्टी एकताको पक्षमा उभिए उनीहरूलाई कारवाही नहुने बालुवाटार स्रोतको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ बैशाख २०७८, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सबै कम्युनिस्टले आत्मसमीक्षा गरौं: माधव नेपाल
एमालेसँग एकता सम्भव छैन: माधव नेपाल
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह