कोरोनाविरुद्ध दोस्रो चरणको खोप अभियान आजदेखि सुरु

सफल खबर संवाददाता

मंगलबार, ०७ बैशाख २०७८, ०८ : ३८
कोरोनाविरुद्ध दोस्रो चरणको खोप अभियान आजदेखि सुरु

काठमाडौं । सरकारले आज मंगलबारदेखि कोरोनाविरुद्ध दोस्रो चरणको खोप अभियान आजदेखि सुरु भएको छ ।  बिहान १० बजेदेखि कोरोनाविरुद्ध दोस्रो चरणको खोप लगाउन शुरु गरिने छ ।

गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउन थालिएको हो ।उक्त अवधिमा पहिलो मात्रा खोप लगाएका व्यक्तिले यही वैशाख ७ देखि ११ गतेसम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउने छन् । पहिलो खोप अभियानअन्तर्गत विभागले भारत सरकारको अनुदानमा प्राप्त र खरिद गरेको ‘कोभिशिल्ड’ खोपको मात्रा दिइएको थियो ।

विभागले गत माघ १४ देखि १६ तथा माघ २७ देखि २९ गतेसम्म पहिलो मात्रा लगाएकाले वैशाख ७ गते, माघ १८ देखि २२ गते र फागुन २ गते लगाएकाले यही वैशाख ८ गते, माघ २३ र फागुन ३ गतेदेखि ५ गतेसम्म लगाएकाले वैशाख ९ गते, माघ २४ गते र फागुन ६, ८ र ९ गते लगाएकाले वैशाख १० गते र माघ ३० र फागुन ७ तथा १० गते लगाएकाले वैशाख ११ गते दोस्रो मात्राको खोप लगाउनका लागि भनेको छ ।

प्रतिक्रिया दिनुहोस