काठमाडौं । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेललाई जनता समाजवादी पार्टीले साथ दिने भएका छन् । पोख्रेलको नेतृत्वमै चारजना मन्त्री जसपाबाट थपिने भएका छन् ।
अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसदहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बन्ने टुंगो लागिसकेको छ । नवनियुक्त मन्त्रीहरूको आजै सपथ हुनसक्ने एक सांसदले बताए ।
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको दुईघण्टा नवित्दै जनता समाजवादी पार्टीका सांसदहरू पोखरेल नेतृत्वकै सरकारमा सहभागी हुन लागेका हुन् ।
माओवादी केन्द्रका दुईजना मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालयसँगै अन्य दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गर्न लागिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ बैशाख २०७८, १६ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल
नेतृत्वका लागि प्रतिस्पर्धा हुनु लोकतन्त्रको असल अभ्यास: शंकर पोखरेल
आज भोट हाल्न आउनेलाई खाजा र खानाको व्यवस्था हुन्छ : शंकर पोखरेल
हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ : शंकर पोखरेल
एमाले कमजोर भएको छैन, अझ शक्तिशाली भयो: शंकर पोखरेल
‘एमालेमा दलितको भोट चल्दैन’ भन्ने भ्रामक प्रचार गर्न खोजिँदै छ : शंकर पोखरेल