नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुई महिला र एक पुरुषको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।
दुर्घटनामा इलामका २५ वर्षीया धनु दर्लामी, मकवानपुर बकाया गाउँपालिका–५ घर भई हाल विनयी त्रिवेणी गाउँपालिका–२ स्थित गुम्बामा बस्ने ५७ वर्षीया ज्यामो हिसे छमो ग्याल्मो र भरतपुर–२५ निवासी ७२ वर्षीय हिमलाल न्यौपाने रहेका छन् ।
दुर्घटनामा घाइते भएका ३१ यात्रु चढेका थिए । बुटवलबाट नारायणगढका लागि छुटेको ना ५ ख ७००० नम्बरको बस शनिबार साँझ आफैं अनियन्त्रित भई दाउन्नेमा दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ बैशाख २०७८, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा बस दुर्घटना, एकजनाको मृत्यु
धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ७ जना घाइते
बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते
पोखरामा नगर बस दुर्घटना, २३ जना घाइते
मुग्लिन-पोखरा सडकखण्डको ऐना पहरामा बस दुर्घटना
सङ्खुवासभामा बस दुर्घटना, १४ जना घाइते