एजेन्सी । बार्सिलोनाले एथलेटिक बिलबाओलाई ४–० को फराकिलो अन्तरले पाखा लगाउदैं कोपा डेल रे उपाधी माथि कब्जा जमाएको छ । शनिबार भएको खेलमा बार्सिलोनाले १२ मिनेटको अन्तरमा चार गोल गर्दै एथलेटिक बिलबाओलाई पाखा लगाउन सफल भएको थियो ।
उक्त खेलमा लियोनल मेसीले दुई गोल गरे । खेलको ६० मिनेटसम्म गोलरहित बराबरी रहेपछि बार्सिलोनाका लागि एन्टोन ग्रिजमनले पहिलो गोल गरे । लगत्तै फ्रेन्क डे जङले दोस्रो गोल थपे । त्यसपछि मेसीले लागि दुई गोल गरे ।
क्लबको प्रशिक्षकका रूपमा रोनाल्ड कोम्यान आएयता बार्सिलोनाले जितेको यो पहिलो उपाधि हो । यस्तै यो बार्सिलोनाले सन् २०१९ यता हात पारेको पहिलो उपाधि पनि हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०५ बैशाख २०७८, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यामलले अझै ६ वर्ष बार्सिलोनाबाटै खेल्ने
बार्सिलोनालाई २८ औँ पटक स्पेनिस ला लिगाको उपाधि
रियल भल्लाडोलिडलाई पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा
स्पेनिस ला लिगा : रियल सोसिडाडलाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा
भ्यालेन्सियालाई ५ गोलले हराउँदै बार्सिलोना सेमिफाइनलमा
बेटिसविरुद्ध ५ गोल गर्दै बार्सिलोना क्वार्टरफाइनलमा