सर्वदलीय बैठक

एकजुट बनेर कोरोना महामारीविरुद्ध लडौँ : प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

शनिबार, ०४ बैशाख २०७८, १२ : ३४
एकजुट बनेर कोरोना महामारीविरुद्ध लडौँ : प्रधानमन्त्री ओली

काठमाडौँ । सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले एकजुट बनेर कोरोना महामारीविरुद्ध लड्न सबैलाई आह्वान गरेका छन् । 

बालुवाटारमा शुरू भएको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलको सर्वदलीय बैठकमा उनले कोरोना भाइरस संक्रमणको महामारी साझा समस्याका रूपमा देखिएकाले एकजुट भएर लड्नुपर्ने अवस्था आएको बताए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान राजनीतिक संकटलाई निकाय दिनु आवश्यक रहेको भन्दै सबै राजनीतिक दलहरु गम्भीर बन्नुपर्ने धारणा राखेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा ओलीले यस्तो बताएका हुन् । उनले राजनीतिक संकटका कारण कोरोना नियन्त्रण लगायतका काममा बाधा परिरहेको समेत जिकिर गरे । प्रधानमन्त्री ओलीले कोरोना रोकथाम र नियन्त्रणका लागि बैठकमा सहभागी नेताहरूसँग सुझाव समेत मागेका थिए। 

बैठकमा  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ सहभागी भएनन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष महन्थ ठाकुर, नेता लक्ष्मणलाल कर्ण लगायतका सहभागी थिए ।