कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक शनिबार बस्दै

सफल खबर संवाददाता

शनिबार, ०४ बैशाख २०७८, ११ : ४१
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक शनिबार बस्दै

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक शनिबार बस्दैछ । दिउँसो २ बजेपछि सिंहदरबारमा बस्ने बैठकमा बढ्दो कोरोनाभाइरस संक्रमण र त्यसको रोकथाम तथा अपनाउनुपर्ने रणनीतिबारे छलफल हुने बताइएको छ । 

यस्तै विद्यालय बन्द गर्ने वा नगर्ने भन्नेबारे पनि बैठकमा छलफल हुने बताइएको छ । पछिल्लो समय संक्रमण बढ्दै गएपछि सरकारले विद्यालय बन्दबारे निर्णय गरेको छैन भने १४ जिल्लाका विद्यालयमा नजान आग्रह मात्रै गरेपछि आम अभिभावक र विद्यार्थीमा अन्योलता उत्पन्न भएको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस