प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलिय बैठकमा प्रचण्ड सहभागी नहुने

सफल खबर संवाददाता

शनिबार, ०४ बैशाख २०७८, ११ : ०६
प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलिय बैठकमा प्रचण्ड सहभागी नहुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहभागी नहुने भएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा सरकारलाई समर्थन कायमै राखेको नेकपा माओवादी केन्द्रका कुनै पनि नेता सहभागी नहुने भएका छन् । 

ओलीले शुक्रबार प्रचण्डलाई टेलिफोन गरेर सर्वदलीय बैठकमा बोलाएका थिए । प्रतिनिधिसभामा सहभागी सबै दलका शीर्ष नेतालाई बैठकमा बोलाइएको छ । समसामयिक विषयमा छलफल गर्न आयोजित बैठकमा प्रचण्ड सहभागी नहुने बताइएको छ ।

कांग्रेस सभापति शेरवहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका अन्य दलका नेता बैठकमा सहभागी हुनेछन् । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादवलाई भने नबोलाइएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस