सोल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले शुक्रबार नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । उनले यसअघि चार पटकसम्म सांसद भएका किम बुक्युमलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्। उनी यसअघि आन्तरिक मामिलासम्बन्धी मन्त्री थिए । सो कुरा दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लु हाउसले जनाएको छ ।
शुक्रबार उनले नयाँ प्रधानमन्त्री नियुक्त गरेको कुरा ब्लु हाउसले शुक्रबार नै विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको हो ।
उनको नियुक्तिलाई भने संसदीय सुनुवाई समितिले अनुमोदन गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । समाचारमा जनाइएअनुसार उनलाई केही दिनमा नै संसदीय समितिले अनुमोदन गर्नेछ ।
यदि उनी संसदीय सुनुवाईबाट अनुमोदन भए भने वर्तमान मुन सरकारको उनी तेस्रो प्रधानमन्त्री हुने पनि बताइएको छ ।
वर्तमान मुन सरकार सन् २०१७ मा आएको हो । नयाँ प्रधानमन्त्री नियुक्त गरेसँगै उनले अरु पनि पाँच जना मन्त्रीलाई बर्खास्त गरेर अरु नयाँ पाँच जना मन्त्री राखेको बताइएको छ ।
यो मन्त्रीमण्डलसँगै दक्षिण कोरियाका राष्ट्रपति मुनले आफ्नो सचिवालयमा पनि व्यापक मात्रामा फेरबदल गरेर नयाँ सदस्यहरु राखेको बताइएको छ । (सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०३ बैशाख २०७८, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिण कोरियाले बन्द गर्यो प्रोपोगाण्डा स्पिकर
दक्षिण कोरियाको राष्ट्रपतिमा विपक्षी दलका उमेदवार ली जे म्युङ विजयी
दक्षिण कोरियामा एक व्यक्तिद्वारा तीन प्रहरी अधिकारीमाथि छुरा प्रहार
युक्रेनी लडाईंमा ४७०० उत्तर कोरियाली सेना मारिए : दक्षिण कोरिया
दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने
दक्षिण कोरियाको जङ्गलमा भीषण आगलागी, २४ जनाको मृत्यु