कोरोना संक्रमित भएका विद्यालयहरु एक हप्ता बन्द

सफल खबर संवाददाता

शुक्रबार, ०३ बैशाख २०७८, १२ : ३०
कोरोना संक्रमित भएका विद्यालयहरु एक हप्ता बन्द

काठमाडौँ । कोरोना संक्रमित भएका विद्यालयहरु एक हप्ता बन्द हुने भएका छन् । काठमाडौं महानगरपालिकाले कोरोना संक्रमित भएका विद्यालय एक हप्ताका लागि बन्द गर्न अनुरोध गरेको हो । 

शुक्रबार नगरपालिकाको शिक्षा विभागले महानगरभित्रका विद्यालयहरूलाई पत्र पठाएर कोरोना संक्रमित भएका विद्यालय बन्द गर्न आग्रह गरेको हो। एक सातासम्म विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्न भनिएको छ।

कोरोना संक्रमित नभएको विद्यालयमा कोरोनाविरूद्ध अपनाउनुपर्ने मापदण्ड पूरा गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस