सर्वोच्चको न्यायाधीशमा सिफारिस चुडाल र सुवेदीको सुनुवाइ हुँदै

सफल खबर संवाददाता

शुक्रबार, ०३ बैशाख २०७८, ०९ : ५७
सर्वोच्चको न्यायाधीशमा सिफारिस चुडाल र सुवेदीको सुनुवाइ हुँदै

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस कुमार चुडाल र नहकुल सुवेदीको आज संसदीय सुनुवाइ हुँदैछ ।चुडाल र सुवेदीविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी परेको छ । संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको समयभित्र चुडालविरुद्ध २ र सुवेदीविरुद्ध ५ वटा उजुरी परेका छन् ।

४ चैतमा बसेको संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशद्वय चुडाल र सुवेदीविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान गरेको थियो । चुडालविरुद्ध २ र सुवेदीविरुद्ध ५ वटा उजुरी परेका छन् ।

चुडालविरुद्ध सरकारी जग्गा हिनामिना गरेको उजुरी परेको छ भने सुवेदीविरुद्ध योग्यताको प्रश्न उठाइएको छ ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सोमबार सुवेदीको योग्यतामा प्रश्न उठाउँदै उजुरी दिएका थिए । तर, सर्वोच्चले सुवेदीको योग्यता सर्वोच्च अदालतको न्यायाधीश बन्न पुग्ने फैसला गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस