काठमाडौं । काठमाडौं महानरगपालिका-३१ कारेश्वर मन्दिर नजिक सांसद झपट बहादुर रावल बस्ने घरमा ढुङ्गा प्रहार गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघर बस्ने रामेछाप गोकुल गाउँपालिका-१ घर भएका २२ वर्षीय मनोज तामाङ र ललितपुर इमाडोल बस्ने पाँचथर फिदिम नगरपालिका-१० याङ्नाम घर भएका २४ वर्षीय नसिम लिम्बु रहेका छन् ।
सांसद रावल बस्ने घरमा बुधबार राति अपरिचित व्यक्तिहरु अनाधिकृत रुपमा प्रवेश गरी ढुङ्गामुढा गर्ने कार्य संलग्न रही फरार रहेका उनीहरुलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०२ बैशाख २०७८, २० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ