बुटवल । नेकपा एमालेका नेता घनश्याम भुसालले आउँदो चुनावसम्म पार्टीभित्र अन्तरसंघर्ष जारी राख्ने बतएका छन् । प्रेस चौतारी नेपाल (नेपाल पक्ष) ले गरेको पत्रकार सम्मेलनमा उनले चुनावमा टिकट वितरणका बेला महाभारतमा पाण्डवले कौरवसँग खुट्टाले टेक्ने ठाउँ मागेजस्तै माग्ने र नदिए आम कार्यकर्ताको निर्णयअनुसार अघि बढ्ने उनको भनाइ छ ।
जनता समाजवादी पार्टीसँग मिलेर सरकार टिकाउन खोज्नु गलत भएको उनले बताए । वाम गठबन्धनको सरकार भत्काएर महन्थ ठाकुरहरुसँग मिलेर सरकार टिकाउन खोजेको आरोप उनले लगाए । चुनावअघि नै एमाले एकता गर्ने आफूहरुको प्रयास हुने र त्यो सम्भव नभए कार्यकर्ताले जे भन्छन् त्यही मान्ने उनको भनाइ छ । संसदको अंक गणितले वाम गठवन्धनको सरकार बन्ने सम्भावना अझै रहेपनि ओलीकै कारण त्यो सम्भावना टाढा धकेलिएको भुसालले बताए ।
सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताइदिएपछि फागुन २८ गते अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बैठक भनेर विभिन्न निर्णय गरेपछि पार्टी विभाजनको रेखा कोरिएको भुसालले बताए । अध्यक्ष ओलीको आफू कुर्सीमा रहिरहने तृष्णाले पहिले नेकपा र अहिले एमाले कमजोर बन्दै गएको भुसालले टिप्पणी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ बैशाख २०७८, १४ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घनश्यामको प्रतिवेदन- अपेक्षा गरेभन्दा धेरै कम मत पायौँ, कम्युनिस्ट पार्टी कमजोर अवस्थामा
निर्वाचन केन्द्रित पाँच बुँदे निर्देशनसहित भुसालद्वारा पार्टी संरचनामा आकस्मिक सर्कुलर
नेकपा (संयुक्त)को कार्यवाहक अध्यक्ष घनश्याम भुसाल
ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ : घनश्याम भुसाल
एकताअघि नै घनश्याम भुसाल र झाँक्रीसहित ६ नेतालाई कारवाही
नेतृत्व छाड्ने सुनिश्चित गर्नुस्, एकता प्रक्रियामा आउँछौँ: घनश्याम भुसाल