घनश्याम भुसालको चेतावनी : आउँदो चुनावसम्म पार्टीभित्र अन्तरसंघर्ष जारी रहन्छ

सफल खबर संवाददाता

विहीबार, ०२ बैशाख २०७८, १४ : ११
घनश्याम भुसालको चेतावनी : आउँदो चुनावसम्म पार्टीभित्र अन्तरसंघर्ष जारी रहन्छ

बुटवल । नेकपा एमालेका नेता घनश्याम भुसालले आउँदो चुनावसम्म पार्टीभित्र अन्तरसंघर्ष जारी राख्ने बतएका छन् । प्रेस चौतारी नेपाल (नेपाल पक्ष) ले गरेको पत्रकार सम्मेलनमा उनले चुनावमा टिकट वितरणका बेला महाभारतमा पाण्डवले कौरवसँग खुट्टाले टेक्ने ठाउँ मागेजस्तै माग्ने र नदिए आम कार्यकर्ताको निर्णयअनुसार अघि बढ्ने उनको भनाइ छ ।

जनता समाजवादी पार्टीसँग मिलेर सरकार टिकाउन खोज्नु गलत भएको उनले बताए । वाम गठबन्धनको सरकार भत्काएर महन्थ ठाकुरहरुसँग मिलेर सरकार टिकाउन खोजेको आरोप उनले लगाए । चुनावअघि नै एमाले एकता गर्ने आफूहरुको प्रयास हुने र त्यो सम्भव नभए कार्यकर्ताले जे भन्छन् त्यही मान्ने उनको भनाइ छ । संसदको अंक गणितले वाम गठवन्धनको सरकार बन्ने सम्भावना अझै रहेपनि ओलीकै कारण त्यो सम्भावना टाढा धकेलिएको भुसालले बताए ।

सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताइदिएपछि फागुन २८ गते अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बैठक भनेर विभिन्न निर्णय गरेपछि पार्टी विभाजनको रेखा कोरिएको भुसालले बताए । अध्यक्ष ओलीको आफू कुर्सीमा रहिरहने तृष्णाले पहिले नेकपा र अहिले एमाले कमजोर बन्दै गएको भुसालले टिप्पणी गरे ।


 

प्रतिक्रिया दिनुहोस