कर्णालीका मुख्यमन्त्री शाहीको पद धरापमा, विश्वासको मत लिने

सफल खबर संवाददाता

बुधबार, ०१ बैशाख २०७८, १७ : २३
कर्णालीका मुख्यमन्त्री शाहीको पद धरापमा,  विश्वासको मत लिने

काठमाडौँ । नेकपा एमालेले गत चैत ५ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद धरापमा परेको छ । 
आफ्नो नेतृत्वको सरकार ढल्ने लक्षण देखिएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले प्रदेशसभामा विश्वासको मत लिने भएका छन्। शाहीले सचिवालयलाई विश्वासको मत लिन आवश्यक व्यवस्था मिलाइदिन पत्रचार गरेका छन् । 

‘नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम प्रदेश सभाबाट विश्वासको मत लिने प्रायोजनका लागि आवश्यक व्यवस्था मिलाइदिनु हुन अनुरोध गर्दछु,’ मुख्यमन्त्री शाहीले प्रदेश सभा सचिवालयलाई पठाएको पत्रमा उल्लेख छ।

यतिबेला कर्णाली सरकार अल्पमतमा परेको छ । एमालेको संस्थापन पक्षले चैत ५ गते विश्वासको मत फिर्ता लिए पनि माधव नेपाल पक्षधरले तीन मन्त्रीले भने २४ गते राजीनामा बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस