काठमाडौँ । नेकपा एमालेले गत चैत ५ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद धरापमा परेको छ ।
आफ्नो नेतृत्वको सरकार ढल्ने लक्षण देखिएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले प्रदेशसभामा विश्वासको मत लिने भएका छन्। शाहीले सचिवालयलाई विश्वासको मत लिन आवश्यक व्यवस्था मिलाइदिन पत्रचार गरेका छन् ।
‘नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम प्रदेश सभाबाट विश्वासको मत लिने प्रायोजनका लागि आवश्यक व्यवस्था मिलाइदिनु हुन अनुरोध गर्दछु,’ मुख्यमन्त्री शाहीले प्रदेश सभा सचिवालयलाई पठाएको पत्रमा उल्लेख छ।
यतिबेला कर्णाली सरकार अल्पमतमा परेको छ । एमालेको संस्थापन पक्षले चैत ५ गते विश्वासको मत फिर्ता लिए पनि माधव नेपाल पक्षधरले तीन मन्त्रीले भने २४ गते राजीनामा बुझाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ बैशाख २०७८, १७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्यसचिवमा चन्द नियुक्त
कर्णाली प्रदेश सभाको सातौँ अधिवेशन आजबाट सुरु हुँदै
गृहमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको प्रश्न- ठूला दललाई पाखा राखेर चुनाव हुन्छ ?
कर्णालीको विकासका लागि पाँच बुँदे प्रतिबद्धता
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
कर्णाली याक्सका मार्कको शतकमा लुम्बिनी ९ विकेटले पराजित